२०८३, असोज १९ गते

सोमबार, असोज १९ गते २०८३

सोमबार, असोज १९ गते २०८३

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

स्पिनर चम्किँदा कम योगफलको पनि रक्षा, सन्दीप र दीपेन्द्रले ३-३ तथा ललित र रोहितले लिए समान २ विकेट

साझा पोष्ट
बिहीबार , भदौ २५ २०८३
  • images
    images
    ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

    काठमाडौं,भदौ २५  । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।


    images

    ओमानलाई ८७ रनले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।

    नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो । नेपाली स्पिनर चम्किँदा ओमान धराशायी भयो । 

    ओमानलाई सस्तैमा आउट गर्न सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।

    ओमानका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भएकाे थियाे ।

    दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् ।

    ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे । यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन जोडे ।

    बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार