२०८३, असोज १९ गते

सोमबार, असोज १९ गते २०८३

सोमबार, असोज १९ गते २०८३

आगामी मार्चको अन्तिम हप्ता नेपाल र बंगलादेशबीच तीन म्याचको टी–२० सिरिज हुने

आगामी मार्चको अन्तिम हप्ता नेपाल र बंगलादेशबीच तीन म्याचको टी–२० सिरिज हुने

साझा पोष्ट
बुधबार, भदौ ३१ २०८३
  • images
    images
    आगामी मार्चको अन्तिम हप्ता नेपाल र बंगलादेशबीच तीन म्याचको टी–२० सिरिज हुने

    काठमाडौं,भदौ ३१ ।  नेपाल र बंगलादेशबीच तीन खेलको एतिहासिक अन्तर्राष्ट्रिय टी–२० सिरिज हुने भएको छ ।


    images

    नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)को संयुक्त पहलमा यो सिरिज हुन लागेको  सचिव पारस खड्काले जानकारी दिएका छन् । 

    खड्काले जारी गरेकाे विज्ञप्तिअनुसार २६ मार्च २०२७ मा पहिलो खेल हुनेछ ।

    २८ मार्चमा दोस्रो र ३० मार्चमा तेस्रो खेल हुनेछ । नेपालले बंगलादेशसँग पहिलोपटक सिरिज खेल्न लागेको हो ।

    उक्त सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्मा ज्यान गुमाउनेहरूको स्मृतिमा समर्पित गरिने भएको छ ।

    नेपालकाे क्रिकेट विकासमा दीर्घकालीन सहकार्य

    यो संयुक्त पहल केवल खेलमा मात्र सीमित नभई नेपाली क्रिकेटको समग्र विकासमा दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइने विज्ञप्तिमा उल्लेख छ ।

     बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट तथा उमेर समूहको क्रिकेट विकास र क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहयोग गर्नेछ ।

    यसका साथै भविष्यमा नेपाल ‘ए’ टोलीको भ्रमण तथा द्विपक्षीय ‘ए’ टोलीका खेलहरूलाई प्रोत्साहन गर्दै खेलाडीको अनुभव र नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार