२०८३, कात्तिक १ गते

शनिबार, कात्तिक १ गते २०८३

शनिबार, कात्तिक १ गते २०८३

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

साझा पोष्ट
शुक्रबार, असोज ३० २०८३
  • images
    images
    गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

    काठमाडौं,असोज ३० ।   सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने गरेको छ।


    images

    आज बसेको मन्त्रिपरिषद् बैठकले बागलुङ जिल्लाका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।


    बाढी तथा पहिरोबाट प्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ।

    २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रहरूलाई लक्षित गरी याे निर्णय गरिएको हो।


    विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणसम्बन्धी काम अघि बढाउन प्रक्रियागत जटिलता हट्ने र काम छिटोछरितो रूपमा सञ्चालन गर्न सहज हुने सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार