२०८३, कात्तिक १७ गते

सोमबार, कात्तिक १७ गते २०८३

सोमबार, कात्तिक १७ गते २०८३

जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

साझा पोष्ट
सोमबार, कात्तिक १७ २०८३
  • images
    images
    जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

    काठमाडौं, कात्तिक १६ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।


    images

    उनले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।

    ‘देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम होइन । आगामी दिनहरूमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठाका साथ बहन गर्न म सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले पत्रमा लेखेका छन्  ।


    २०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो ।

    साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम भने अनुमोदनका लागि अस्वीकृत गरिएको थियो ।

    जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पीआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो ।

    संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा सांसदहरूले सुनुवाइकै क्रममा प्रश्न उठाएका थिए ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार