काठमाडौं, कात्तिक २४ । , पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । गएराति ११ बजेतिर पहिरो पन्छाएर अवरुद्ध सडकखण्ड अहिले पुनः सञ्चालनमा ल्याइएकाे हाे ।
यसअघि हिजो पनि सोही खण्डमा पहिरो खसेकोमा ९ घण्टापछि मात्रै हटाउन सकिएको थियो । तर राति फेरि पहिराे खसेकाे थियाे ।



