२०८३, कात्तिक २८ गते

शुक्रबार, कात्तिक २८ गते २०८३

शुक्रबार, कात्तिक २८ गते २०८३

ममता काफ्ले हत्यामा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले हत्यामा नरेश भट्ट दोषी ठहर

साझा पोष्ट
बुधबार, कात्तिक २६ २०८३
  • images
    ममता काफ्ले हत्यामा  नरेश भट्ट दोषी ठहर
    images

    काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।


    images


    करिब छ सातासम्म चलेको सुनुवाइमा झन्डै १०० जनाले साक्षीका रूपमा बयान दिएको पिपुल पत्रिकाले जनाएको छ । फैसलापछि भट्टले हत्याको अभियोगमा आजीवन कारावाससम्मको सजाय पाउन सक्नेछन् । 


     ममता सन् २०२४ को जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन् । उनको शव अहिलेसम्म फेला परेको छैन ।
    मनासास पार्कमा नर्सका रूपमा कार्यरत २८ वर्षीया ममता काफ्ले भट्ट सन् २०२४ जुलाई २९ देखि सम्पर्कविहीन भएकी थिइन् ।  ३९ वर्षीय नरेश भट्टले गत हप्ता अदालतमा बयान दिँदै ममताले आत्महत्या गरेको र आफूले उनको शव टुक्रा–टुक्रा पारेर फालेको स्वीकार गरेका थिए ।

    उनको सजाय निर्धारणका लागि आगामी १२ मार्च २०२७ को मिति तोकिएको छ ।भर्जिनियाको कानुन अनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ  

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार