शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

कैलालीका तीन पालिकामा रेशम चौधरीको पार्टीको अग्रता, अरु दल पछ्याउँदै

कैलालीका तीन पालिकामा रेशम चौधरीको पार्टीको अग्रता, अरु दल पछ्याउँदै

साझा पोष्ट
शनिबार, वैशाख ३१ २०७९
  • images
    कैलालीका तीन पालिकामा रेशम चौधरीको पार्टीको अग्रता, अरु दल पछ्याउँदै
    images
    धनगढी । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ । टीकापुर नगरपालिकामा चार हजार ४४९ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु डगौराले १४९० मत ल्याएका छन । नेपाली कांग्रेसका नवराज रावलले ७८१ र नेकपा एमालेका श्याम खत्रीले ६९६ मत ल्याएर उनलाई पछ्याईरहेका छन । उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी बिक ११८७ मतका साथ अगाडि छन । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका खडक शाहले ९४५ र एमालेकी उपमा केसी ५५२ मत ल्याएका छन । जोशीपुर गाउँपालिकामा दुई हजार ४१९ मतको गणना सकिदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ६४९ र उपाध्यक्षमा रेखा कठरियाले ६६७ मतका साथ अग्रता कायम गरेका छन । अध्यक्षमा पदमा दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवारले ६२४ र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ४८४ मत पाएका छन् । भजनी नगरपालिकामा २९२८ मत गणना हुँदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ८१२ मत पाएका छन् । दोस्रोमा रहेको एमालेका उम्मेदवारले ८०२ र माओवादी केन्द्रका उम्मेदवारले ७२० मत पाएका छन् । उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ६९६ मत पाएका छन् भने एमाले उम्मेदवारले ८४१ र माओवादीका उम्मेदवारले ५४७ मत पाएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार