शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल विजयी, दलका उम्मेदवार पराजित

जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल विजयी, दलका उम्मेदवार पराजित

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल विजयी, दलका उम्मेदवार पराजित
    images
    काठमाण्डौ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानल विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेर चुनाव लडेका थिए । उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जिते । उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाहीले २२० मत ल्याए । संघीयता आएपछि पनि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरुले दलको टिकट नलिई स्वतन्त्र लडेका थिए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका छन । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल बिजय भइन् । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । दलित वस्तीमा खुसीयाली र्‍याली निस्किएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार