शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

दार्चुलाको अपिहिमाल गाउँपालिका एमालेबाट माओवादीले खोस्यो

दार्चुलाको अपिहिमाल गाउँपालिका एमालेबाट माओवादीले खोस्यो

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    दार्चुलाको अपिहिमाल गाउँपालिका एमालेबाट माओवादीले खोस्यो
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रले थप एक पालिकामा जित निकालेको छ । दार्चुलाको अपिहिमाल गाउँपालिकामा माओवादी केन्द्रका नेता भगतसिंह ठेकरे बोहरा अध्यक्षमा निर्वाचित भएका छन् । बोहराले २ हजार ३०४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी दुई हजार २७ मतसहित देवकी बोहरा निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उर्मिला बोहराले एक हजार ३१३ मत पाइन् । ०७४ सालमा अपि हिमालको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले नै जितेको थियो । यसपटक कांग्रेस माओवादीले गठबन्धन गरेका थिए । वडामा पनि गठबन्धनले नै धेरै जितेको छ । अहिलेसम्म २५ पालिकाको परिणाम घोषणा भएको छ । त्यसमध्ये नेकपा एमालेले १०, कांग्रेसले ९ तथा एकीकृत समाजवादीले एक तहमा जितेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार