शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

स–साना विवादका कारण मतगणनामा ढिलाइ, सामान्य मानवीय त्रुटिमा विवाद नगरौं : आयोग

स–साना विवादका कारण मतगणनामा ढिलाइ, सामान्य मानवीय त्रुटिमा विवाद नगरौं : आयोग

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    स–साना विवादका कारण मतगणनामा ढिलाइ, सामान्य मानवीय त्रुटिमा विवाद नगरौं : आयोग
    images
    काठमाण्डौ । निर्वाचन आयोगले मतगणनाका क्रममा देखिने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यकरूपमा नउचाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेका हुन । स–साना विवादका कारण मतगणना प्रक्रियामा ढिलाइ भएकोआयोगको गुनासो छ । ‘निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाइ गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगले भनेको छ । आयोगले जेठ ५ गते अगावै मतगणना सम्पन्न गर्ने उद्देश्यमा यस्ता घटनाले असर पर्ने भन्दै मतगणनालाई व्यवस्थित गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार