शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

लुम्बिनी आउनु एक दिन अघि भारतीय प्रधानमन्त्री मोदीले भने: बुद्ध जन्मस्थलमा पूजा गर्न उत्सुक छु

लुम्बिनी आउनु एक दिन अघि भारतीय प्रधानमन्त्री मोदीले भने: बुद्ध जन्मस्थलमा पूजा गर्न उत्सुक छु

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    लुम्बिनी आउनु एक दिन अघि भारतीय प्रधानमन्त्री मोदीले भने: बुद्ध जन्मस्थलमा पूजा गर्न उत्सुक छु
    images
    काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् बुद्धको जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन् । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा वक्तव्य निकालेर मोदीले लाखौं भारतीयजस्तै आफू पनि लुम्बिनीमा पूजा गर्न उत्सुक रहेको बताएका हुन । बुद्धको जन्मस्थलमा श्रद्धा अर्पणको मौका पाएर सम्मानित महसुस गरिरहेको उनले उल्लेख गरेका छन् । उनले सोही अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटका लागि पनि आफू उत्सुक रहेको जनाएका छन् । ‘गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा हामीबीच उपयोगी कुराकानी भएको थियो,त्यसपछि उहाँसँग फेरि भेट्ने मौकाका लागि उत्सुक छु ,’ उनले भनेका छन्‚ ‘हामी जलविद्युत्, विकास र कनेक्टिभिटीसहित कयौं क्षेत्रमा सहयोगको विस्तारका लागि साझा धारणा निर्माणको काम जारी राख्ने छौं ।’ डेढ महिना अगाडि देउवाले भारत भ्रमण गरेका थिए । मोदीले लुम्बिनी प्रस्थानपूर्व दिएको वक्तव्यमा आफ्नो यात्राले समयका साथ दुई देशबीच बलियो बनेको सम्बन्धका लागि उत्सव मनाउने र सम्बन्धलाई थप प्रगाढ बनाउनु रहेको बताएका छन् । उनी बुद्ध जयन्तीको अवसरमा जेठ २ गते सोमबारका दिन लुम्बिनी आउँदैछन । । र, मोदीलाई स्वागत गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आईतवार साँझ नै लुम्बिनी पु्गिसकेका छन । मोदीले लुम्बिनीमा ४ देखि ५ घण्टाको अवधि बिताउने छन् । उनी लुम्बिनीबाटै भारत फर्किने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन् । त्यसपछि नेपाल सरकारद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन तथा समकक्षी देउवासितको भेटवार्ता र डेलिगेसन लेभलको बैठकमा मोदीको सहभागिता रहने कार्यक्रम छ । प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । उनले प्रधानमन्त्रीको पहिलो कार्यकाल छँदै चारवटा भ्रमण गरेका थिए । दोस्रो कार्यकालले तीन वर्ष पूरा गर्दै गर्दा यो उनको पहिलो नेपाल यात्रा हो । लुम्बिनी भने पहिलो पटक आउन लागेका हुन। उनले यसअघिका भ्रमणहरूमा पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ मन्दिरमा पूजाआजा गरेका थिए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार