शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

पहिलो टी–ट्वेन्टीमा नेपाल आज युगाण्डासँग भीड्दै

पहिलो टी–ट्वेन्टीमा नेपाल आज युगाण्डासँग भीड्दै

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    पहिलो टी–ट्वेन्टीमा नेपाल आज युगाण्डासँग भीड्दै
    images
    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज पाहुना टोली युगान्डाविरुद्ध पहिलो टी-ट्वेन्टी खेल्दैछ । टियु क्रिकेट मैदानमा दिउँसो एक बजे खेल शुरु हुनेछ । नेपाल आज युगान्डालाई हराएर सिरिजमा सुखद सुरुआतको योजनामा छ । युगान्डा पनि जितबाट सुरुआत गर्न चाहन्छ । युगान्डाविरुद्धको टी-ट्वेन्टी सिरिज महिला टोलीका लागि निकै महत्वपूर्ण र ऐतिहासिक सिरिज छ। अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा शुरु गरेको थियो । यस्तै महिला टोलीले घरेलु भूमिमा खेल्न लागेको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । २०१९ मा भएको १३ औं सागमा नेपालले पोखरामा पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । साग अन्तर्गत पोखरामा भएको महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको थियो । घरेलु भूमिमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको तीन वर्षपछि नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक सिरिज खेल्दैछ । युगान्डाविरुद्धको सिरिज नेपालको दोस्रो टी -ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिज हो । यस अघि नेपालले कतारविरुद्ध गत मंसिरमा सिरिज खेलेको थियो । कतारमा नेपालले ३ खेलको सिरिज क्लिन स्विप गरेको थियो । पाँच खेलको सिरिज अन्तर्गत नेपाल र युगान्डाबीचको दोस्रो टी-ट्वेन्टी मंगलबार र तेस्रो टी-ट्वेन्टी जेठ ५ गते हुनेछ। दुई टोलीबीचको चौंथो खेल जेठ ६ गते र अन्तिम खेल  ७ गते हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार