शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

बाँफीकोटमा ३४ मतले हार्यो माओवादी, कांग्रेस विजयी

बाँफीकोटमा ३४ मतले हार्यो माओवादी, कांग्रेस विजयी

साझा पोष्ट
सोमबार, जेठ २ २०७९
  • images
    बाँफीकोटमा ३४ मतले हार्यो माओवादी, कांग्रेस विजयी
    images
    काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जनककुमार बाठा निर्वाचित भएका छन् । उनले माओवादी उम्मेदवारलाई ३४ मतले पराजित गरे । बाठा ४ हजार ४ सय ५५ मत ल्याउँदै गाउँपाालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत ल्याए ।   उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी निर्वाचित भइन् । केसीले ४ हजार ५ सय ६० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस उपाध्यक्ष नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत ल्याइन् । १० वटा वडा रहेको बाँफिकोट गाउँपालिकामा ८ वटामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् भने दुई वडामा कांग्रेस विजयी भएको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार