शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

गणक एमालेको पक्षमा लागेको भन्दै कांग्रेसले आपत्ति जनाएपछि तिलोत्तमामा गणना स्थगित

गणक एमालेको पक्षमा लागेको भन्दै कांग्रेसले आपत्ति जनाएपछि तिलोत्तमामा गणना स्थगित

साझा पोष्ट
मंगलबार, जेठ ३ २०७९
  • images
    गणक एमालेको पक्षमा लागेको भन्दै कांग्रेसले आपत्ति जनाएपछि तिलोत्तमामा गणना स्थगित
    images
    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना स्थगित भएको छ । वडा नम्बर १६ को मत गणनामा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि गणना स्थगित भएको हो । कांग्रेसका उम्मेदवारको १४१ मत आएकोलाई ११४ भनेर तथा एमाले उम्मेदवारको १६६ मत आएकोलाई १९६ भनेर अभिलेख राखेको पाइएको कांग्रेसको आरोप छ । निर्वाचन अधिकृतले अभिलेख राख्दा त्रुटी भएको स्वीकार गरेका छन् । स्थगित मतगणना शुरु गर्न सर्वदलीय बैठक बसिरहेको छ । अब गनिसकेर उम्मेदवारका प्रतिनिधिलाई हस्ताक्षर गराई रेकर्ड राख्ने गरी व्यवस्था मिलाइएको छ । तिलोत्तमाको मेयरमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणका भाई रामकृष्ण खांण र एमालेका मोहन चापागाईंबीच तीव्र प्रतिस्पर्धा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार