शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी

रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी

साझा पोष्ट
मंगलबार, जेठ ३ २०७९
  • images
    रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी
    images
    काठमाण्डौ । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । राजदेवी नगरपालिकामा समाजवादीका उम्मेदवार भिखारी यादव मेयरमा विजयी भएका हुन् । उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् । यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसकी अर्चना कुमारी यादवे ३ हजार १४९ मत प्राप्त गरेकी छिन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार