शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

सीके राउतको पार्टीले जित्यो हनुमाननगर कंकालिनीको मेयर

सीके राउतको पार्टीले जित्यो हनुमाननगर कंकालिनीको मेयर

साझा पोष्ट
मंगलबार, जेठ ३ २०७९
  • images
    सीके राउतको पार्टीले जित्यो हनुमाननगर कंकालिनीको मेयर
    images
    काठमाण्डौ । सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा मेयर जितेको छ । जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जितेर मधेसमा खाता खोलेको छ । जनमतका वीरेन्द्र माझीले निवर्तमान मेयर तथा जसपाका शैलेश साहलाई पराजित गरे ।माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी साहले ६ हजार २४६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मेयरमा पराजित साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन् । उनी ०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा बनेका थिए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार