४ वैशाख, काठमाडौं । सुनको मूल्य तोलमा ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ ।