शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै माओवादीका वादी बने चौरजहारीको नगरप्रमुख

एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै माओवादीका वादी बने चौरजहारीको नगरप्रमुख

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै माओवादीका वादी बने चौरजहारीको नगरप्रमुख
    images
    काठमाण्डौ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रमुख, उपप्रमुखमा एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा बीएम निर्वाचित भएका छन् । कांग्रेस–एमाले गठबन्धनका कांग्रेस उम्मेदवार प्रेमबहादुर ओलीलाई ५ सय ७१ मतले हराउँदै वादी नगरप्रमुखमा निर्वाचित भए । वादीले ६ हजार ८ सय ८२ मत ल्याएर ओलीले ६ हजार ३ सय ११ मत ल्याए । उपप्रमुखमा निर्वाचित इश्वरीको पक्षमा ७ हजार २ मत आएको छ भने एमाले–कांग्रेस गठबन्धनका एमाले उम्मेदवार टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत प्राप्त गरे । १४ वडा रहेको चौरजहारी नगरपालिकामा ११ वडा माओवादी केन्द्रले जितेको छ भने ३ वडा कांग्रेसले जितेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार