शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

कपिलवस्तु नगरपालिकामा जसपा विजयी

कपिलवस्तु नगरपालिकामा जसपा विजयी

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    कपिलवस्तु नगरपालिकामा जसपा विजयी
    images
    बुटवल । कपिलवस्तुको सदरमुकाम तौलिहवा पर्ने जिल्लाकै पुरानो कपिलवस्तु नगरपालिकामा जनता समाजवादी पार्टी विजयी भएको छ । नगर प्रमुखमा जसपाका सुदीप पौडेल ३ हजार १ सय २४ मतान्तरले विजयी भएका छन् । उनले ११ हजार ९०६ मत ल्याउँदा   उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेशकुमार गुप्तले ८ हजार ७ सय ८२ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता विजयी भएकी छन् । उनले ९ हजार ५ सय ७० मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसादेवी पाण्डेले ९ हजार ३ सय ७९ मत ल्याएकी छन् । जिल्लाको १० स्थानीय तहमध्ये ९ स्थानीय तहको मत गणना भइरहेको छ । र, पहिलो परिणाम जसपाको पक्षमा गएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार