शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

गठबन्धनले जनमोर्चालाई फाईदा, दुई नगरपालिका सहित चार पालिकामा जित (सूचि सहित)

गठबन्धनले जनमोर्चालाई फाईदा, दुई नगरपालिका सहित चार पालिकामा जित (सूचि सहित)

साझा पोष्ट
बिहीबार , जेठ ५ २०७९
  • images
    गठबन्धनले जनमोर्चालाई फाईदा, दुई नगरपालिका सहित चार पालिकामा जित (सूचि सहित)
    images
    काठमाण्डौ । गठबन्धन बनाएर स्थानीय चुनावमा गएको राष्ट्रिय जनमोर्चालाई त्यसको फाईदा भएको छ । अघिल्लो चुनावमा भन्दा यसपटक जनमोर्चाले दोब्बर शक्ति हासिल गरेको छ । ०७४ को चुनावमा एक्लै लडेर दुई पालिका जितेको जनमोर्चाले यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिलेर चार पालिका जितेको छ । जसमध्ये दुई वटा नगरपालिका पनि छ । जनमोर्चाले माओवादीसँगको गठबन्धनमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा प्रमुख जितेको छ । नगरप्रमुखमा जनमोर्चाका झविलाल थापा विजयी भएका छन । उनले ८३२४ मत प्राप्त गरे । यस्तै बाग्लुङको जैमिनी नगरपालिका पनि जनमोर्चाले गठबन्धनको सहयोगमा जितेको छ । बागलुङको जैमिनी नगरपालिकामा भारी मतान्तरसहित राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरबहादुर पुन निर्वाचित भएका छन । पुनले ८ हजार ७५५ मत ल्याए । यस्तै राष्ट्रिय जनमोर्चाले बाग्लुङको बरेङ गाउँपालिका अध्यक्ष पनि जितेको छ। जनमोर्चाका अध्यक्ष उम्मेदवार कृष्णप्रसाद शर्मा ३६ सय १ मत ल्याएर विजयी भएका हुन्। यो पालिकामा जनमोर्चाले ०७४ सालमा एक्लै जितेको थियो । अघिल्लो चुनावमा प्यूठानका दुई स्थानीय तह जितेको जनमोर्चाले यसपटक एउटा मात्रै जितेको छ । अघिल्लो पटक एक्लै जितेको मल्लरानी गाउँपालिकामा जनमोर्चाले गठबन्धन बनाएर जितेको छ । मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण बहादुर खड्का विजयी भएका छन् । खड्काले ३ हजार २ सय ३८ मत प्राप्त गरे । कांग्रेससँग मिलेर प्यूठानको झिमरुकमा चुनाव लडेको जनमोर्चा त्यहाँ भने पराजित भ्एको छ । त्यहाँ एमाले र माओवादी गठबन्धनसँग जनमोर्चाका राष्ट्रिय जनमोर्चाका अध्यक्षका उम्मेदवार टीकाबहादुर जीसी पराजित भए । यी हुन जनमोर्चाले जितेका स्थानीय तह: बाग्लुङ नरबहादुर पुन, प्रमुख–जैमिनी नगरपालिका कृष्णप्रसाद शर्मा, अध्यक्ष–बरेङ गाउँपालिका अर्घाखाँची झविलाल थापा, प्रमुख–भूमिकास्थान नगरपालिका प्यूठान कृष्णबहादुर खड्का, अध्यक्ष–मल्लरानी गाउँपालिका

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार