शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

पोखराको मेयरमा समाजवादीका आचार्यलाई तीन हजारको अग्रता

पोखराको मेयरमा समाजवादीका आचार्यलाई तीन हजारको अग्रता

साझा पोष्ट
शुक्रबार, जेठ ६ २०७९
  • images
    पोखराको मेयरमा समाजवादीका आचार्यलाई तीन हजारको अग्रता
    images
    पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । शनिबार बिहानसम्म उनले मतान्तर ३ हजार भन्दा बढी पुर्याएका छन् ।पोखराको ८० हजार १५४ मत गणना भइसक्दा उनी ३ हजार ४३९ मतले अघि छन् ।   सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका आचार्यले ३२ हजार ४८० मत ल्याउँदा नेकपा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत ल्याएका छन् । राप्रपाका शंकर खरालले ३ हजार ५२० र स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले २ हजार २४९ मत पाएका छन् । उपमेयरमा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ र नेपाली कांग्रेसकी कोपिला रानाभाटबीच थोरै मतान्तरले सुरुआतदेखि नै एकले अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । अहिले एमालेकी मञ्जु २६२ मतले अगाडि छिन् । मञ्जुले ३३ हजार २२१ मत पाउँदा उनलाई पछ्याइरहेकी कोपिलाले ३२ हजार ९५९ मत पाएकी छन् । राप्रपाकी रञ्जना सेनले ३ हजार ४११ मत पाएकी छन् । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार