काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि गरेसँगै हवाई भाडा समेत बढेको छ । वायुसेवा सञ्चालक संघले बढेको मूल्य बुधबारदेखि लागु हुने गरी हवाई भाडा बढेको जानकारी दिएको हो ।
संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अव १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ ।
यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको हो ।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्याएको छ ।
काठमाडौं–भरतपुर ११०, काठमाडौं– विराटनगर २४०, काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं–जनकपुर १३०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–तुम्लिङटार १८५ र काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।