सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालका पाँच खेलाडी आईसीसी महिला टी–ट्वान्टी वरीयतामा 

नेपालका पाँच खेलाडी आईसीसी महिला टी–ट्वान्टी वरीयतामा 

साझा पोष्ट
मंगलबार, जेठ १७ २०७९
  • images
    नेपालका पाँच खेलाडी आईसीसी महिला टी–ट्वान्टी वरीयतामा 
    images
    काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी वरीयतामा नेपालका पाँच खेलाडी परेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले अपडेट गरेको पछिल्लो वरीयतामा कप्तान रुबिना क्षेत्रीसहित नेपालका पाँच खेलाडी परेका हुन् । वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन् । टी ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा छिन् । यस्तै ज्योति ८०औं र इन्दु ९९औं स्थानमा रहेका छन् । बलिङ वरीयतामा कविता ६१औं स्थानमा छिन् । कप्तान रुबिना बलिङ वरीयताको ७१औं र सिता ७५औं स्थानमा छन् । आईसीसी महिला टीट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १६औं स्थानमा रहेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार