सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

फूटबलमा दुई महादेशको भीडन्त : आज राति अर्जेन्टिना र र इटाली भीड्दै

फूटबलमा दुई महादेशको भीडन्त : आज राति अर्जेन्टिना र र इटाली भीड्दै

साझा पोष्ट
बुधबार, जेठ १८ २०७९
  • images
    फूटबलमा दुई महादेशको भीडन्त : आज राति अर्जेन्टिना र र इटाली भीड्दै
    images
    काठमाण्डौ । दुई महादेशीय प्रतियोगिता युरोकप र कोपा अमेरिका विजेताबीच बुधवार राति (आज महाभिडन्त) हुँदैछ।युरोकप च्याम्पियन इटाली र कोपा अमेरिका विजेता अर्जेटिनाबीचको खेल मध्यराति साढे १२ बजे लन्डनस्थित वेम्बली स्टेडियममा हुनेछ। दुई महादेशका शक्तिशाली फुटबल टोलीबीच तेस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो। र यो प्रतियोगिताको नाम ‘फाइनलसीमा’ राखिएको छ ।युरोकपमा इङल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटालीले उपाधि जितेको थियो। कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो।यसअघि १९८५ मा भएको खेलमा फ्रान्सले उरुग्वेलाई र अर्जेन्टिनाले डेनमार्कलाई १९९३ मा पराजित गरेका थिए। यो प्रतियोगिता इटालीका कप्तान जर्जियो चिलिनीका लागि अन्तिम खेल हुनेछ। ३७ वर्षीय चिलिनीले लामो अन्तर्राष्ट्रिय खेल जिवनलाई बिट मार्नेछन्। कोपा अमेरिका अर्जेन्टिनाका कप्तान मेस्सीले देशका लागि जितेको ठूलो उपाधि हो। यी दुई टोलीबीचको पछिल्ला खेलमा अर्जेन्टिना हाबी हुँदै आएको छ। पछिल्ला ४० वर्ष इटालीले अर्जेन्टिनालाई हराउन सकेको छैन ।सन् १९८२ को विश्वकपको दोश्रो चरणमा इटालीले अर्जेन्टिनालाई २–१ ले पराजित गरे यता जितविहीन छ। त्यसयता यी दुई टोली ५ पटक आमनेसामने भएका छन्। सन् १९८६ मा १–१ को बराबरी खेले पनि त्यसपछि लगातार अर्जेन्टिना हाबी छ।सन् १९९० को विश्वकपमा अर्जेन्टिनाले २–१ ले पराजित गरेको थियो। २००१ को मैत्रीपूर्ण खेलमा पनि अर्जेन्टिनाले २–१ कै जित निकालेको थियो।त्यसपछि यी दुई टोलीबीच ठूला प्रतियोगितामा भेट भएको छैन। तर सन् २०१३ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–१ र २०१८ को मैत्रीपूर्ण खेलमा २–० ले विजयी भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार