सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

महादेशीय भीडन्तः ईटलीमाथि अर्जेन्टिना हावी, ३-० ले विजयी

महादेशीय भीडन्तः ईटलीमाथि अर्जेन्टिना हावी, ३-० ले विजयी

साझा पोष्ट
बुधबार, जेठ १८ २०७९
  • images
    महादेशीय भीडन्तः ईटलीमाथि अर्जेन्टिना हावी, ३-० ले विजयी
    images
    काठमाण्डौ ।दुई महादेशका च्याम्पियनहरुबीचको प्रतियोगिता 'फाईनल सीमा'को उपाधि अर्जेन्टिनाले जितेको छ ।कोपा अमेरिका विजेता अर्जेन्टिनाले यूरोकप विजेता ईटलीलाई शून्यका विरुद्ध तीन गोलले हराउँदै उपाधि जितेको हो ।लण्डनको वेम्बली मैदानमा भएको ‘फाइनलसीमा’ मा अर्जेन्टिना ईटलीमाथि हावी भयो । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेज, एञ्जेल डि मारिया र पाउलो डिबायलाले एक एक गोल गरे । तीन मध्ये दुई पहिलो र एक गोल दोस्रो हाफमा सम्भव भयो । खेलको शुरुमा ईटलीले केही दबाब बनाएपनि पहिलो हाफको अन्ततिर अर्जेन्टिनाले दुई गोल गर्यो र खेल जित्यो । ३९ औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । पहिलो हाफको ईञ्जुरी टाईममा एन्जेल डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गरे । यसपटक पहिलो गोल गरेको लौटारो मार्टिनेजले गोलमा असिस्ट गरे । अर्जेन्टिनाले तेस्रो गोल दोस्रो हाफको ईञ्जुरी टाईममा गर्यो । तेस्रो गोल पाउलो डिबायलाले गरे । दोस्रो हाफमा अर्जन्टिना पूर्ण रुपमा हावी रह्यो । ईटलीले केही प्रयास गरेपनि सफल भएन । अर्जेन्टिनी कप्तान लियोनल मेसीले गाेलका लागि पटक पटक प्रयास गरेपनि सफल भएनन, तर कप्तानका रुपमा उनले ४० वर्ष यता ईटलीमाथि हावी हुँदै आएको कीर्तिमानलाई निरन्तरता दिए र देशलाइ अर्को उपाधि दिलाए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार