सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाराग्वेलाई जापानले ४- १ ले हरायो

पाराग्वेलाई जापानले ४- १ ले हरायो

साझा पोष्ट
बिहीबार , जेठ १९ २०७९
  • images
    पाराग्वेलाई जापानले ४- १ ले हरायो
    images
    काठमाण्डौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले दक्षिण अमेरिकी टोली पाराग्वेमाथि ४–१ को सहज जित निकालेको छ ।होकाइदोस्थिा सापोरो डोमे रंगशालामा जापानले प्रभावशाली जित दर्ता गर्दा टाकुमा असानो, डाइची कमाडा, काओरु मितोमा र एओ टानाकाले एक–एक गोल गरे । पाराग्वेका डेर्लिस गोन्जालेजले सान्त्वना गोल फर्काए । ३६औं मिनेटमा असानोले जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि कमाडाले जापानको अग्रता दोब्बर पारे । ६०औं मिनेटमा मितोमाले तेस्रो गोल गर्दा निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा टानाकाले चौथो गोल गरे ।पराग्वेका गोन्जालेजले ५९औं मिनेटमा एक गोल फर्काए । फिफा वरीयतामा जापान २३औं र पाराग्वे ५०औं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार