सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेयमार चम्केको खेलमा ब्राजिलद्वारा दक्षिण कोरिया ५-१ ले पराजित

नेयमार चम्केको खेलमा ब्राजिलद्वारा दक्षिण कोरिया ५-१ ले पराजित

साझा पोष्ट
बिहीबार , जेठ १९ २०७९
  • images
    नेयमार चम्केको खेलमा ब्राजिलद्वारा दक्षिण कोरिया ५-१ ले पराजित
    images
    काठमाण्डौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि ५–१ को फराकिलो जित निकालेको छ । सियोल वर्ल्डकप रंगशालामा भएको खेलमा सातौं मिनेटमा रिचर्लिसनले गरेको गोलबाट पाहुना टिम ब्राजिलले अग्रता लिएको थियो । ३१औं मिनेटमा ह्वाङ युई–जोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए पनि सम्हालिन नसक्दा फराकिलो हार बेहोर्न बाध्य भयो । नेइमारले ४२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई फेरि अग्रता दिलाएका थिए । यस्तै, ५७औं मिनेटमा प्राप्त पेनाल्टीलाई नेइमारले नै सदुपयोग गरेपछि ब्राजिलले अग्रत ३–१ मा पुर्यायो ।खेलको ८०औं मिनेटमा फिलिप कौटिन्होले ब्राजिलका लागि चौथो र इन्जुरी समयमा ग्याब्रियल जिससले पाँचौ गोल गरेपछि पाहुना टोलीले फराकिलो र सहज जित निकाल्यो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार