सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

डेनमार्कले फ्रान्सलाई हरायो, बेल्जियम नेदरल्याण्ड्ससँग ४–१ ले स्तब्ध

डेनमार्कले फ्रान्सलाई हरायो, बेल्जियम नेदरल्याण्ड्ससँग ४–१ ले स्तब्ध

साझा पोष्ट
शुक्रबार, जेठ २० २०७९
  • images
    डेनमार्कले फ्रान्सलाई हरायो, बेल्जियम नेदरल्याण्ड्ससँग ४–१ ले स्तब्ध
    images
    काठमाण्डौ । यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ ।समूह चरण अन्तर्गत शुक्रबार राति फ्रान्सलाई डेनमार्कले २–१ ले हराएको हो ।डेनमार्कले फ्रान्सको सुरुआती अग्रता उल्टाएर जित निकाल्यो । ५१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।तर, ६८ औं मिनेटमा आन्द्रेस कोर्नेलिउसले गोल गर्दै डेनमार्कलाई १–१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ८८ औं मिनेटमा आन्द्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २–१ को जित दिलाए । जितसँगै डेनमार्कले नेसन्स लिगमा सुखद सुरुआत गरेको छ । लिग ए समूह १ को डेनमार्कले ३ अंक जोडेको छ ।डेनमार्क समूहको दोस्रो स्थानमा छ ।पहिलो खेलमा हार व्यहोरेको फ्रान्स तेस्रो स्थानमा छ ।यसै समूहको अर्को खेलमा क्रोएसियालाई ३–० ले हराउँदै अष्ट्रिया शीर्ष स्थानमा छ । क्रोएसिया पुछारमा छ । नेदरल्याण्ड्सँग बेल्जियम स्तब्ध यस्तै बेल्जियमा पनि नेदरल्याण्ड्ससँग ४–१ ले पराजित भएको छ ।नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपेले दुई गोल गरे । खेलको ४० औं स्टिभेन बेर्जविजनले गोल गर्दै नेदल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।५१ औं मिनेटमा मेम्फिसले गोल गर्दै डच टोलीको अग्रता २-० पुर्याए । ६१ औं मिनेटमा डेन्जेल डुमफ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ३-० को बनाए ।मेम्फिसले ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेदरल्यान्ड्स ४- ० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा बेल्जियमका मिची बात्सुआईले सान्त्वना गोल फर्काए ।यस जितसँगै लिग ए समूह ४ को पहिलो खेलमा ३ अंक जोडेर नेदरल्यान्ड्स शीर्ष स्थानमा छ ।हारबाट लिगको सुरुआत गरेको बेल्जियम समूहको पुछारमा छ ।

    प्रतिक्रिया हरु
    थप समाचार