सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने प्रारम्भिक टोलीको घोषणा

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने प्रारम्भिक टोलीको घोषणा

साझा पोष्ट
शनिबार, जेठ २१ २०७९
  • images
    एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने प्रारम्भिक टोलीको घोषणा
    images
    नेपाल क्रिकेट संघ क्यानले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने प्रारम्भिक क्रिकेट टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट क्यानले १९ जनाको टिम सार्वजनिक गरेको हो । प्रारम्भिक टोलीमा रुविना क्षेत्री, इन्दु वर्मा, सिता रानामगर,कविता कुँवर, कबिता जोशी, ज्योती पाण्डे, काजल श्रेष्ठ, अपसरी बेगम, डोली भट्ट, इश्वरी विष्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, रेखा रावल र ममता चौधरी छन् । क्यानले अन्तिम १५ खेलाडी घोषणा गर्ने बनाएको छ । पहिलो चरणको क्याम्पबाट १९ खेलाडी छनोट भएको क्यानले जनाएको छ । यो १९ जनाको टोलीबाट अन्तिम १५ जनाको टिम बनाउने क्यानले जनाएको छ । एसीसी महिला टी २० क्रिकेट प्रतियोगिता जुनमा हुँदैछ । प्रतियोगितामा नेपालले भुटान, बहराइन, हङकङ र कुवेतसँग खेल्ने छ । मलेसियामा हुने प्रतियोगितामा १० टिमले सहभागिता जनाउने छन् । एउटा समूहमा ५ टिम रहेका छन् । नेपाल समूह बीमा रहको छ । दुवै समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने र सेमिफाइनल विजेता २ टिमले बंगलादेशमा आयोजना हुने टी २० महिला एशिया कप क्रिकेटमा भाग लिने पाउने छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार