सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नाडालले जिते १४ औं पटक फ्रेन्च ओपनको उपाधि

नाडालले जिते १४ औं पटक फ्रेन्च ओपनको उपाधि

साझा पोष्ट
आइतबार, जेठ २२ २०७९
  • images
    नाडालले जिते १४ औं पटक फ्रेन्च ओपनको उपाधि
    images
    काठमाण्डौ । यसवर्षको फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस टेनिस स्टार राफेल नाडालले जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा नर्वेका कास्पर रुडलाई सोझो सेटमा हराउँदै नाडालले उपाधि जितेका हुन् । यससँगै पाँचौ वरीयताका नाडालले कीर्तिमानी १४ औं पटक फ्रेन्च ओपन जित्न सफल भएका छन् । क्ले कोर्टका बादशाह नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६-३,६-३ र ६-० को सेटमा पराजित गरे । नाडाल १४ पटक फ्रेन्च ओपन जित्ने एक्लो खेलाडी हुन् । यस्तै ३६ वर्षीय नाडालको यो कीर्तिमानी २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि हो । नोभाक जोकोभिक र रोजर फेडररले २० वटा ग्राण्डस्लाम उपाधि जितेका छन । आइतबार १४औं पटक फ्रेन्च ओपन जितेका नाडालले १७ वर्षअघि आजकै दिन फ्रेन्च ओपनको पहिलो उपाधि जितेका थिए । नाडालले यसअघि जनवरीमा भएको अस्ट्रेलियन ओपनको पनि उपाधि जितेका थिए ।

    प्रतिक्रिया हरु
    थप समाचार