सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ईस्टोनियाको पोष्टमा मेसीको गोल वर्षा, एक्लै गरे पाँच गोल

ईस्टोनियाको पोष्टमा मेसीको गोल वर्षा, एक्लै गरे पाँच गोल

साझा पोष्ट
आइतबार, जेठ २२ २०७९
  • images
    ईस्टोनियाको पोष्टमा मेसीको गोल वर्षा, एक्लै गरे पाँच गोल
    images
    काठमाण्डौ । अर्जेन्टिनाले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा इस्टोनियालाई ५–० ले पराजित गरेको छ । आईतवार राति भएको खेलमा अर्जेन्टिनाका सबै पाँच गोल कप्तान लियोनल मेसीले गरे । आफ्नो उत्कृष्ट लय कायम राखेको अर्जोन्टिनाका लागि मेसीले आठौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसपछि उनले ४५, ४७, ७१ र ७६ औं मिनेटमा गोल थपे । तीन दिन अघि अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पनि ३–० ले हराएर 'फाईनलसीमा' प्रतियोगिताको उपाधि जितेको थियो । आइतबारकै अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले साउदी अरेबिया र पेरुले न्युजिल्यान्डलाई समान १–० ले हरायो । उरुग्वे भने अमेरिकासित गोलरहित बराबरी रोकिएको छ । नेसन्स लिगका खेलमा भने पोर्चुगलले स्विट्जरल्यान्डलाई ४–० ले हरायो । त्यसमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । अर्को महत्त्वपूर्ण खेलमा स्पेन र चेक गणतन्त्रले २–२ को बराबरी खेले ।

    प्रतिक्रिया हरु
    थप समाचार