सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एशियाली खेलकूदको प्रशिक्षण शुरु

एशियाली खेलकूदको प्रशिक्षण शुरु

साझा पोष्ट
मंगलबार, जेठ २४ २०७९
  • images
    एशियाली खेलकूदको प्रशिक्षण शुरु
    images
    काठमाण्डौ । चीनमा हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणमा १६ खेलको बन्द प्रशिक्षण सुरु गरेको छ । राखेपको कभर्डहल त्रिपुरेश्वरमा मंगलबार बन्द प्रशिक्षण शुरु भएको हो । प्रशिक्षणको उद्घाटन गर्दै सदस्यसचिव टंकलाल घिसिङले असार मसान्तसम्म चल्ने जानकारी दिए । यही वर्ष चीनमा आयोजना हुने भनिए पनि कोभिड १९ महामारीका कारण स्थगित भएको प्रतियोगिताका लागि राखेपले २३ खेलमा सहभागिता जनाउने बताएपनि पहिलो चरणमा पदकको सम्भावना रहेका १६ खेलको प्रशिक्षण सुरु भएको हो । स्थगित प्रतियोगिताको नयाँ मिति सार्वजनिक भएको छैन । एसियाडका लागि तेक्वान्दो र कराँतेको विशेष प्रशिक्षण सुरु भएको छ । यस्तै एथलेटिक्स,फुटबल,गल्फ,पौडी, उसु, कुस्ती, भारोत्तोलन, बास्केटबल,फेन्सिङ, ह्यान्डबल, कबड्डी टेबलटेनिस, भलिबल र क्रिकेटको पनि प्रशिक्षण शुरु भएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार