सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसियन कप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी जोर्डनको सामना गर्दै

एसियन कप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी जोर्डनको सामना गर्दै

साझा पोष्ट
मंगलबार, जेठ २४ २०७९
  • images
    एसियन कप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी जोर्डनको सामना गर्दै
    images
    काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज राति बलियो प्रतिद्वन्द्वी जोर्डनसँग खेल्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ। तर, खेलाडी–प्रशिक्षक विवादपछि कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी टिममा छैनन् । मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा निकाल्न सहज छैन। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए। युवा खेलाडीसहित कुवेत पुगेका मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध दबाबरहित खेल्ने दाबी गर्छन्। किरणको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी पाएका नवयुग श्रेष्ठले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताएका छन्। कुवेत जानुअघि कतारको दोहामा १० दिनको तयारी गरको नेपालले त्यहाँ ३ वटा मैत्रीपूर्ण खेल समेत खेलेको थियो। छनोटको समूह ‘ए’ मा रहेको नेपालले आगामी शनिबार घरेलु टोली कुवेत र आगामी बुधबार इन्डोनेसियासँग खेल्ने तालिका छ। यस समूहमा जोर्डन नै सबैभन्दा बलियो टिम हो । जोर्डनसँग नेपालले अहिलेसम्म कुल ४ खेल खेलेको छ । जसमा नेपाल तीन खेलमा पराजित हुँदा एक खेल मात्र बराबरी गरेको छ । नेपालले सन् २०१४ को फिफा विश्वकपको छनोट चरणमा जोर्डनसँग २०११ मा दुई खेल खेलेको थियो। जोर्डनमै भएको अवे खेलमा नेपाल ९–० ले पराजित हुँदा घरेलु मैदानमा भने नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो। एएफसीले तेस्रो चरणको छनोटमा २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । जसमध्ये नेपाल सम्मिलित समूह ए को सबै खेल कुवेतमा आयोजना हुनेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् भने उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्न पाउनेछ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार