सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै, ओपनिङमा परिवर्तनको संभावना

विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै, ओपनिङमा परिवर्तनको संभावना

साझा पोष्ट
बिहीबार , जेठ २६ २०७९
  • images
    विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै, ओपनिङमा परिवर्तनको संभावना
    images
    आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्ग नेपालले पहिलो खेलमा आज बिहीबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको ह्युस्टन स्थित मौसा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राती साँढे ९ बजे सुरु हुनेछ । जारी लिग टु को शिर्ष स्थानमा रहेको ओमानका लागि यो सिरिज अन्तिम हुनेछ । ओमानले अहिलेसमम ३३ खेलबाट ४० अंक बनाएको छ । धेरै खेल खेल्ने टिममा रहेको ओमानलाई यो सिरिजमा एक खेल जितेपनि शिर्ष तीनको यात्रा पक्का हुनेछ । जारी प्रतियोगितामा सबैभन्दा कम खेल खेल्ने टिममा नेपाल रहेको छ । नेपालले १२ खेलबाट १२ अंक बनाएको छ । जसमा ६ खेलमा जित निकाल्दा ६ खेलमा हारेको छ । लिग टु मा नेपालले ओमानसँग अहिलेसम्म चार खेल खेल्दा तीन खेलमा हार ब्यहोरेको छ भने एक खेलमा मात्र जित निकालेको छ । घरेलु मैदानमा २०२० मा भएको सिरिजमा नेपालले दुई खेलमा हार ब्यहोरेको थियो भने ओमानमा नै भएको सिरिजमा एक खेलमा हारेको थियो । पछिल्लो पटक ओमानको टिम केही खस्केको छ । पछिल्लो पटकका नतिजाले टिममा खेलाडीको कम्बिनेसनमा केहि समस्या देखिएको छ । ओमानले अमेरिकामा घरेलु टिमसँग खेल्दा एक सय १४ रनको हार ब्यहोरेको थियो । जसका कारण पनि नेपाली टिमलाई ओमानको कमजोरीको फाइदा हुनसक्छ । यता नेपाली टिमले ओमानविरुद्धको खेलबाट नै विजयी सुरुवात गर्ने योजना बनाएको छ । नेपाली टिममा ओमानविरुद्धको खेलमा ओपनिङ जोडीमा परिवर्तन हुने देखिएको छ । नियमित ओपनर आशिफ शेख फिट छैनन् भने कुशल भुर्तेल भने निको हुने क्रममा छन । त्यसैले प्रशिक्षक पुबुदुले नयाँ विकल्प लगाउने संभावना छ । जसमा सुवास खकुरेल र सुनील धमला बिकल्पमा रहेका छन । जारी लिग टु मा छैटौं स्थानमा रहेको नेपालभन्दा अगाडी नामिबिया (१४ खेलबाट १४ अंक), अमेरिका (२१ खेलबाट २० अंक), युएई (२२ खेलबाट २६ अंक, र स्कटल्याण्ड (२० खेलबाट २८ अंक) छन । अमेरिका सिरिजमा चार खेलमा चारमा नै जित निकाल्न सकेको खण्डमा नेपालले शिर्ष तीनका लागि आफुलाई दावेदारका रुपमा उभ्याउनेछ । नेपालको संभावित ११ सन्दिप लामिछाने दिपेन्द्रसिंह ऐरी रोहित पौडेल आरिफ शेख बिनोद भण्डारी सोमपाल कामी करण केसी सुनील धमला देब खनाल सागर ढकाल सुवास खकुरेल वा कुशल भुर्तेल  

    प्रतिक्रिया हरु
    थप समाचार