सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रोनाल्डो सहित पाँच खेलाडिलाई पछि पार्दै सलाहले जिते पीएफए प्लेयर अफ द इयर अवार्ड

रोनाल्डो सहित पाँच खेलाडिलाई पछि पार्दै सलाहले जिते पीएफए प्लेयर अफ द इयर अवार्ड

साझा पोष्ट
बिहीबार , जेठ २६ २०७९
  • images
    रोनाल्डो सहित पाँच खेलाडिलाई पछि पार्दै सलाहले जिते पीएफए प्लेयर अफ द इयर अवार्ड
    images
    काठमाण्डौ । लिभरपुलका फरवार्ड मोहमद सलाहले पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् । प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो । अन्य ५ खेलाडीलाई पछि पार्दै सलाहले अवार्ड जिते । अवार्डका लागि मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन र म्यानचेस्टर युनाईटेडका क्रिस्टियानो रोनाल्डो प्रतिस्पर्धामा थिए । तर उनीहरुलाई सलाहले पछि पारे ।सलाहले यो सिजन प्रिमियर लिगमा २४ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस्तै महिलातर्फको अवार्ड चेल्सीकी साम केरले जितिन् । म्यानचेस्टर सिटीका फिल फोडेनले योङ प्लेयर अफ द इयर अवार्ड जिते ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार