सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने सहमति, अध्यक्षमा पाँडे

मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने सहमति, अध्यक्षमा पाँडे

साझा पोष्ट
शुक्रबार, जेठ २७ २०७९
  • images
    मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने सहमति, अध्यक्षमा पाँडे
    images
    काठमाण्डौ । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने भएका छन् । एक कार्यक्रमकाबीच दुई बैंकबीच मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने समझदारी भएको छ। मर्जरपछि बैंकको मर्जरपछि बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे  र नायव प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज जोशी रहनेगरी सम्झौता भएको छ । हाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने बैंकको कुल निक्षेप संकलन तीन खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्ने छ ।दोस्रो बजारमा अहिले मेगा बैंकको सेयर मूल्याङ्कन प्रतिसेयर २२९ रुपैयाँ छ भने इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर मूल्याङ्कन २७५ रुपैयाँ छ। । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर टुटेपछि यी दुई बैंकलाई नयाँ मर्जरको जोडी खोज्न राष्ट्र बैंकले दबाब दिँदै आएको थियो। त्यसै हीअनुसार मेगा बैंकसँग इन्भेष्टमेन्ट बैंकले मर्जर समझदारी गरेको हो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार