सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले आज अमेरिकाको सामना गर्ने

नेपालले आज अमेरिकाको सामना गर्ने

साझा पोष्ट
शुक्रबार, जेठ २७ २०७९
  • images
    नेपालले आज अमेरिकाको सामना गर्ने
    images
    काठमाण्डौ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजमा शनिवार नेपालले दोस्रो खेल खेल्दैछ ।टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ । अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा छ । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्न चाहन्छ ।पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो।पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ।लिग टु मा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ ।अमेरिका २१ खेलमा २० अंक जोडेर चौंथो स्थानमाछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार