सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एएफसी एसियन कप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

एएफसी एसियन कप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

साझा पोष्ट
शुक्रबार, जेठ २७ २०७९
  • images
    एएफसी एसियन कप छनोट: नेपालले आज कुवेतसँग खेल्दै
    images
    काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज शनिबार आयोजक कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ । बलियो टिम कुवेतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ  । बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो । आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ । नेपाल र कुवेत खेल्दा सबैको नजर खेलमा हुनेछ नै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीतर्फ पनि नजर हुनेछ ।किनभने कुवेती नागरिक अल्मुताइरी नै हाल नेपाली फुटबल टिमका प्रशिक्षकका रुपमा छन् । हुन त उनी नेपालको टिमको प्रशिक्षक बनेर दोस्रो पटक आफ्नो जन्म देश कुवेत पुगेका छन् । तर उनले नेपालकोतर्फ पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर प्रशिक्षक सम्हाल्नेछन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार