सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जिनेदिन जिदान पीएसजीको प्रशिक्षक बन्ने !

जिनेदिन जिदान पीएसजीको प्रशिक्षक बन्ने !

साझा पोष्ट
आइतबार, जेठ २९ २०७९
  • images
    जिनेदिन जिदान पीएसजीको प्रशिक्षक बन्ने !
    images
    काठमाडौं । फूटबल लिजेण्ड जिनेदिन जिदान फ्रेञ्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीको प्रशिक्षक बन्न सहमत भएका खेल सम्बन्धी स्पेनिस सञ्चार माध्यमले दावी गरेकाे छ ।स्पेनिस क्लव रियल मड्रिडका पूर्व प्रशिक्षक जिदान ३ वर्षका लागि पीएसजीको प्रशिक्षक बन्न सहमत भएको खबर स्पेनिस अनलाइन मुण्डो डिप्रोटिभोले प्रकाशन गरेको छ । पीएसजीका कतारी मालिक तमिम बिन हमाद अल थानीसँग भेटेर जिदानले प्रशिक्षक बन्न सहमति जनाएका उसको दावी छ । । तर यो महिनाभर सम्झौतामा हस्ताक्षर नहुने र यसको औपचारिक घोषणा पनि नगरिने मुण्डो डिप्रोटिभोको समाचारमा उल्लेख छ ।दोस्रो पटक रियल मड्रिडको प्रशिक्षक बनेका जिदानले पछिल्लो सिजनमा कुनै उपाधि जिताउन नसकेपछि दुई हप्ताअघि क्लब छाडेका थिए । यद्यपी उनको सम्झौता भने अझै ३ वर्षका लागि बाँकी थियो । पीएसजीले माउरिसिओ पोचिट्टिनोलाई हटाएर जिदानलाई प्रशिक्षक बनाउने हल्ला चलिरहेका बेला फ्रेञ्च राष्ट्रपति इमानुयल माक्रोनले जिदानलाई फ्रान्समा फर्कन र लिग वान् क्लबको प्रशिक्षक बन्न आग्रह गरेका थिए । रियल मड्रिडका लागि ३ पटक च्याम्पियन्स लिग जिताएका जिदानले फेञ्च क्लबलाई पनि त्यस्तै सफलता दिलाउन् भन्ने आफ्नो चाहना रहेको माक्रोनले बताएका थिए । उनले फ्रान्सलाई सन् १९९८ को विश्वकप र २००० को युरो कप फुटबल उपाधि जिताएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार