सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दोस्रो टी–२० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

दोस्रो टी–२० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

साझा पोष्ट
आइतबार, जेठ २९ २०७९
  • images
    दोस्रो टी–२० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित
    images
    काठमाण्डौ । । दोस्रो टी–२० मा पनि घरेलु टोली भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले हराएको हो ।जितसँगै दक्षिण अफ्रीकाले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । कटकमा भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रीकाको जितमा हेन्रिच क्लासेनले ८१ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै कप्तान टेम्बा बाभुमाले ३५ तथा डेभिड मिलरले नटआउट २० रनको योगदान गरे । भारतका भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चहलले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन मात्रै जोडेको थियो ।नटआउट ३० रन जोडे ।दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए । पहिलो खेलमा पनि भारत २११ रन बनाएर हारेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार