सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अर्थमन्त्री शर्मामाथि निरन्तर भैरहेको आक्रमणको भित्री कथा यस्तो छ 

अर्थमन्त्री शर्मामाथि निरन्तर भैरहेको आक्रमणको भित्री कथा यस्तो छ 

साझा पोष्ट
सोमबार, जेठ ३० २०७९
  • images
    अर्थमन्त्री शर्मामाथि निरन्तर भैरहेको आक्रमणको भित्री कथा यस्तो छ 
    images
    अर्थमन्त्री जनार्दन शर्माविरुद्ध केही महिनायता निरन्तर प्रहार भैरहेको थियो । अर्थतन्त्र सम्हाल्न नसकेको, मुलुक श्रीलंका जस्तै टाट पल्टन लागेको जस्ता हल्ला लामै समय चलाईयो । केही ठुला भनिएका मिडियाबाट त अर्थमन्त्री शर्माको राजीनामा नै मागियो । तर यी सबै सुनियोजित थिए भन्ने त्यसबेला पुष्टि भयो जब विज्ञले नै मुलुकको अर्थतन्त्र गलत बाटोमा नभएको बताए । त्यसपछि श्रीलंकावाला हल्ला बन्द भयो । बजेटपछि त झन अर्थमन्त्रीको प्रशंसा हुन थाल्यो । सन्तुलित बजेट ल्याएको भनेर कांग्रेस निकट अर्थशास्त्रीले नै अर्थमन्त्रीको बचाउ गरे । बजेटमाथि छलफल चल्दै गर्दा सोमबार एकाएक अर्थमन्त्रीको राजीनामा मागिएको अर्को हल्ला चल्यो । आइतबार माओवादी अध्यक्ष प्रचण्डले शर्मालाई भेटेरै राजिनामा मागेको भन्दै स्रोतको हवाला दिदै केही संचारमाध्यमले प्रचार गरे । केही संचारमाध्यमले त अर्थमन्त्रीले आजै राजिनामा दिने भनेर ठोकुवा नै गरे । यसको पृष्ठभूमिमा एउटा पत्रिकामा आएको समाचार थियो । एमाले निकट उक्त पत्रिकाले बजेट तयार पार्दा अर्थमन्त्रीले गोपनियता चुहाएको सनसनीपूर्ण समाचार हालेको थियो । एमाले सांसदले संसदमा पनि यो विषय उछाले । तर अर्थमन्त्रालयले दिउँसो समाचारको खण्डन गर्‍यो ।  अध्यक्ष प्रचण्डले पनि पार्टीबाट मन्त्री फेर्ने भन्दै चलाईएको हल्ला षडयन्त्रमुलक भनेर खण्डन गरे । बारम्बार अर्थमन्त्रीका विषयमा यस्ता हल्ला आउनुको पछाडी भने स्वार्थ समूहको सुनियोजित षडयन्त्र देखिन्छ । अर्थमन्त्री शर्मामाथि अहिले पार्टी भित्रै र वाहिरबाट घेरावन्दी भैरहेको छ । पार्टीमा शर्मा शक्तिशाली बन्दै गैरहेका छन् । उनी महासचिवको मुख्य दाबेदार पनि हुन् । यो अवस्थामा उनलाई अर्थमन्त्रीबाट निकाल्न सकिए आफूहरु बलियो हुने कतिपय नेताको आँकलन छ । यदि शर्मा अर्थमन्त्री नै रहिरहे पछि महासचिव पनि उनी नै हुन सक्ने संभावना देखेपछि यो समूह आत्तिएको छ । शर्मा पार्टी भित्र र बाहिर बलियो भएको देख्न नचाहने शक्तिले अहिले अर्थमन्त्री हटाउन प्रचण्डमाथि दबाब पनि बनाईरहेको छ । यसका लागि यो शक्तिले मिडियादेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेसम्मको प्रयोग गरिरहेको छ । अर्थमन्त्रीलाई हटाए अहिलेको गठबन्धन तोडेर एमालेसँग मिल्ने आश्वासन दिएर शर्माविरुद्ध आक्रमण तिब्र पार्न लगाईएको  छ । आइतबार र सोमबार एमाले र माओवादीका नेताहरुबीच भएका सिलसिलेवार छलफल पनि यही कडीसँग जोडिएको  छ । तर प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले यो सबै बुझेका छन् । त्यसैले तत्कालका लागि अर्थमन्त्री शर्मालाई कुनै खतरा नरहेको उनी निकटको दाबी छ ।  पार्टी भित्रै र वाहिरका स्वार्थी समूहले पहिले देखि नै मिडिया ट्रायल गरिरहेका छन् । राजिनामाको हल्ला पनि त्यसकै निरन्तरता हो ।यस्तो ट्रायलले अर्थमन्त्री झन बलियो हुन्छन् । यस्ता हल्लाले पार्टीमा बाहिरी शक्तिसँग मिलेर कसले खेलिरहेको छ भन्ने कार्यकर्ताले झन राम्रोसँग बुझ्न पाएका छन् । त्यसैले घाटा हैन फाईदा नै पुगेको छ । अर्थमन्त्री शर्मामाथि यस्तो आक्रमण फेरी पनि हुनसक्छ, यसबारेमा अर्थमन्त्री शर्मा सचेत र जानकार नै छन । । किनकी यसमा को-को लागेका छन् भन्ने उनलाई प्रष्टसँग थाहा छ । तर यसमा प्रचण्ड र देउवाको बलियो साथ अर्थमन्त्री शर्मालाइ छ । यी सुनियोजित घट्नाक्रमले अर्थमन्त्रीलाई कमजोर होईन बलियो बनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार