सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सातै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै, सबैभन्दा धेरै बागमतीमा र गण्डकीमा थोरै बजेट

सातै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै, सबैभन्दा धेरै बागमतीमा र गण्डकीमा थोरै बजेट

साझा पोष्ट
मंगलबार, जेठ ३१ २०७९
  • images
    सातै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै, सबैभन्दा धेरै बागमतीमा र गण्डकीमा थोरै बजेट
    images
    काठमाण्डौ । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९\८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । सबै प्रदेश सरकारको यो कार्यकालको अन्तिम बजेट हो। प्रदेश सरकारले आ-आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब छ । प्रदेश १ सरकारले सार्वजनिक गर्न लागेको बजेट झन्डै ३८ अर्ब रुपैयाँ बराबरीको हुने जनाइएको छ। त्यसैगरी मधेस प्रदेश सरकारले झन्डै ३४ अर्बको बजेट ल्याउने तयारी गरेको छ भने बागमती प्रदेश सरकारले झण्डै ६० अर्बको बजेट ल्याउने तयारी गरेको छ। त्यस्तै गण्डकी प्रदेश सरकारले झण्डै ३१ अर्बको बजेट ल्याउने तयारी गरेको छ। लुम्बिनी प्रदेश सरकारले ४१ अर्ब भन्दा बढीको बजेट ल्याउँदै छ। कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार