सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

साझा पोष्ट
बुधबार, असार १ २०७९
  • images
    आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने
    images
    काठमाण्डौ । संघीय सदंसको प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९\०८० को बजेटमाथिको छलफल जारी छ। बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्रीहरुले केही दिन यता जबाफ दिईरहेका छन । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। आजको बैठकमा रक्षा, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने कार्यसूची छ। मन्त्रालयगत जवाफ दिने कार्यक्रम सकिएसँगै बजेट पास हुनेछ।प्रश्नको जवाफ दिने काम सकिएपछि आजै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार