सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमालेलाई अर्थमन्त्रीको जवाफः राष्ट्रघात र गद्दारी भएको छैन, बजेटको जिम्मेवारी लिन्छु

एमालेलाई अर्थमन्त्रीको जवाफः राष्ट्रघात र गद्दारी भएको छैन, बजेटको जिम्मेवारी लिन्छु

साझा पोष्ट
बिहीबार , असार २ २०७९
  • images
    एमालेलाई अर्थमन्त्रीको जवाफः राष्ट्रघात र गद्दारी भएको छैन, बजेटको जिम्मेवारी लिन्छु
    images
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै पनि राष्ट्रघात नभएको दावी गरेका छन् । बिहीबार संसद बैठकमा मन्त्रालयसँग सम्बन्धित बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले राष्ट्रघात भएको भए जिम्मेवारी लिने बताए । अर्थमन्त्रीले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेवार र जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छैन, भएको रहेछ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु ।’ डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको अर्थमन्त्री शर्माको भनाइ छ । शर्माले बजेटको अघिल्लो दिन आफू साढे ११ बजेदेखि पौने १२ बजेको बीचमा पुल्चोक गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालय आएको स्पष्टीकरण संसदलाई दिएका छन् । बजेट आउने अघिल्लो रात अनाधिकृत व्यक्ति छिरेर करका दरमा हेरफेर गरेको आरोपबारे संसदमा स्पष्ट पार्दै अर्थमन्त्री शर्माले भने, सचिव, डिजीसहित मिलेर बनाएको बजेटको जिम्मेवारी म लिन्छु । अरु मन्त्रालयमा को आउँछ को जान्छ, मलाई थाहा हुँदैन ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार