सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

११ महिनामा व्यापार घाटा झण्डै १६ खर्ब

११ महिनामा व्यापार घाटा झण्डै १६ खर्ब

साझा पोष्ट
मंगलबार, असार ७ २०७९
  • images
    ११ महिनामा व्यापार घाटा झण्डै १६ खर्ब
    images
    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/ ७९ को ११ औं महिनासम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगेको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनेदेखि जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यही अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो । गत वर्ष ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । १७ खर्ब ६३ अर्ब २२ करोड र निर्यात १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको भएको छ । यसरी मुलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ रहेको भन्सार विभागले जानकारी दिएको छ ।   यो वर्ष १७ खर्ब ६३ अर्बको आयात भएकोमा गत वर्षको यसै अवधिको तुलनामा २७.५ प्रतिशत वृद्धि भयो । गत आवको ११ महिनामा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो । निर्यातको वृद्धिदर भने ५३.३ प्रतिशत छ । गत वर्षको यसै अवधिमा निर्यात व्यापार १ खर्ब २१ अर्ब रुपैयाँ छ । यस वर्ष वैदेशिक व्यापारमा ९०. ४७ प्रतिशत आयात  हुँदा निर्यात ९.५३ प्रतिशत छ । ११औं महिनासम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । ३ खर्ब ४० अर्ब रुपैयाँ यसमा विदेशिएको छ । फलाम तथा स्टिलको आयातमा १ खर्ब ५३ अर्ब रुपैयाँ बाहिरिएको छ । यस्ता वस्तुको निर्यातबाट भने मात्र २ अर्ब ७३ करोड रुपैयाँ प्राप्त भएको छ । १ खर्ब १३ अर्बको विद्युतीय सामग्रीको आयात हुँदा ९३ अर्ब रुपैयाँ बराबरको सवारी साधन र यसको पार्टपुर्जा आयात भएको छ । यस अवधिमा नेपालबाट सबैभन्दा धेरै  ९० अर्ब १९ करोड रुपैयाको तेल निर्यात भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार