सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रविले स्वतन्त्र नामको दलबाट दिएका दुई सन्देश

रविले स्वतन्त्र नामको दलबाट दिएका दुई सन्देश

साझा पोष्ट
मंगलबार, असार ७ २०७९
  • images
    रविले स्वतन्त्र नामको दलबाट दिएका दुई सन्देश
    images
    रवि कडा बोल्छन । निडर छन । सयपटक जिब्रो चपाएर आफूलाई सेफ साइडमा राखी राजनीतिज्ञको अन्तर्वार्ता लिने कथित वरिष्ठ पत्रकारहरु भन्दा मलाई रवि नै उत्तम पत्रकार लागेका हुन सुरुदेखि नै, यद्यपि पत्रकारको एउटा ठूलो झुण्डले उनलाई पत्रकार भन्दैन, प्रस्तोता भन्छ । खैर, प्रस्तोता रवि नै सही, यत्तिको अडिग र निडर संचारकर्मी हामीले हाम्रो समयमा देखेनौं कहिलै । रविले पार्टी नखोलून भन्ने मेरो पहिलो सदीक्षा थियो, पूरा भएन । उनले पार्टी नै खोले । सधैंको उनको समर्थक र प्रशंसक भएको नाताले मैले उनको यो कदमलाई शुभकामना नदिइरहन सक्दिन । तर एउटा भूल त उनले गरेका छन जस्तो लागिरहेछ । पार्टीको नाम र चुनाव चिन्हबारे । उनले या त चाहिने जति परामर्श गरेनन या अति महत्वकांक्षा सहित नाम राखे । यसले अबको चुनावमा उनलाई आक्रामक नतिजा पनि दिन सक्छ । किनकि जनतामा 'फ्रस्ट्रेसन' छ, प्रचलित पार्टीको स्थापित उत्पीडनले निम्त्याएको घृणा र आक्रोश छ । यस्तो अवस्थामा रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले मंसिरमा हुने भनिएको चुनावमा भारी समानुपातिक भोट ल्याउन सक्छ । तर पार्टी गठन गरेर राजनीति गर्नु भनेको एउटा चुनावको लागि मात्र पक्कै हैन, एक जना व्यक्तिलाई सत्तामा पुर्याउनको लागि पनि पक्कै हैन । यो त युग युगान्तरको प्रक्रिया हो । जनताहरु थपिंदै जाने, 'फ्रेशर' हरु आकर्षित हुँदै जाने नियमित र निरन्तरको प्रक्रिया हो पार्टी निर्माण । त्यसको लागि ठोस सिद्धान्त चाहिन्छ, संगठन चाहिन्छन, विधान र कार्यविधिहरु चाहिन्छन । मुख्यत: परिणाममुखी र दीर्घजीवि नाम चाहिन्छ । रविले सबै तयारी गरेका पनि होलान तर नाममा कतै कमजोरी वा चाहिने भन्दा बढि बठ्याइँ भयो कि भन्ने मेरो बुझाइ हो । त्यसो त स्वतन्त्र शब्दलाई राजनीतिक दलहरुले यसअघि प्रयोग नै नगरेका पनि हैनन । एमालेका अधिकांश भातृ संगठनमा स्वतन्त्र शब्द प्रयोग हुँदै आएको हो । तर यसपालि सिंगो दल नै स्वतन्त्र नाम बाट गठन हुन पुग्यो । यसले चुनावमा स्वतन्त्र उम्मेदवारी दिने मानिसहरुलाई क्षति गर्न सक्छ । स्वतन्त्र उम्मेदवारले राजनीतिक दलहरुलाई दिन सक्ने चुनौतीमा चाहिं धक्का लाग्ने देखियो । स्वतन्त्रको लहर चलिरहेको समयमा स्वयं रवि नै उनीहरुको लागि चुनौती बनेर आइदिए । रविले स्वतन्त्र नामको दल दर्ताबाट दुईवटा अप्रत्यक्ष सन्देश दिएका छनः १) स्वतन्त्र उम्मेदवारहरु सबै मेरो झण्डा मुनि आऊ ! २) मानिस कोही पनि स्वतन्त्र हुँदैन । दोश्रो सन्देश हो भनेचाहिं म खुसी छु, किनकि मलाई सधैं लाग्थ्यो/लाग्छ मानिस यथार्थमै कोही पनि स्वतन्त्र हुन सक्दैन । आज रवि र बालेनलाई समर्थन गर्नेहरु कोही पनि स्वतन्त्र हैनन, थिएनन र हुनेछैनन । हो, निर्दलीय उम्मेदवारीलाई चाहिं स्वतन्त्र बोलाइन सक्छ राजनीतिक भाषामा । अब यति भनिसके पछि एकैपटक बालेन र रविलाई दुई काँधमा बोक्नेहरुलाई लाग्न सक्छ- त्यसो भए बालेन को हुन त ? स्वतन्त्र हैनन ? अनि रवि दाई को हुन त ? स्वतन्त्र दलका स्वतन्त्र नेता हैनन ? म को हुँ त ? स्वतन्त्र समर्थक हैन ? स्वतन्त्र को हो त ? हामी सबै हैनौं ? हामी को हौं त ? रवि दाईको पार्टीका हैनौं ? रवि दाईको पार्टी कुन हो त ? स्वतन्त्र हैन ? स्वतन्त्र को हो त ? कोही पनि हैन !

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार