सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपाल र म !

साझा पोष्ट
सोमबार, असार १३ २०७९
  • images
    कमरेड माधव नेपाल र म !
    images
    कमरेड माधव नेपालले हामीमाथि पटक-पटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं । अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नुभयो । अनि मैले वहाँकै हित हुने गरी जीवनऊपयोगी जवाफ फर्काएँ । समाजवादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनशाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु - “कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !” कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा १. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु । २. वहाँमा थुप्रै राम्रा गुण छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन र यो जारी रहनेछ । ३. नेकपा एमालेको पाँचौ महाधिवेशन ( २०४९ ) मा वहाँ अन्तिमतिर मात्रै जनताको वहुदलीय जनवादका पक्षमा खुल्नुभएको हो । हामी शुरुदेखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौं । ४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन । ५. सातौँ महाधिवेशनबाट वहाँ पुन: पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो । ६. आठौं महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नुभयो । हामी वहाँसँग लागेनौं । ७. नवौं महाधिवेशनमा वहाँ पुरानै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन । ८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिनँ र गरिनँ । ९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिनँ । त्यसमा मलाई पछुतो छैन । १०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ, राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएँ । ११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होईन । पुनश्च: कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनशाय होईन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार