सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतको मणिपुरमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या २५ पुग्यो

भारतको मणिपुरमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या २५ पुग्यो

साझा पोष्ट
आइतबार, असार १९ २०७९
  • images
    भारतको मणिपुरमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या २५ पुग्यो
    images
    एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरको दुर्गम क्षेत्रमा गएको ठूलो पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । पहिरोमा परेर ३८ जना अझै बेपत्ता छन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ । शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । रेलवे निर्माण स्थलमा नै पहिरो खसेको हो । उक्त पहिरो गत बुधबार गएको हो । पहिरोलगत्तै उद्धारकर्मीहरू खटिएका थिए । उनीहरुले पहिरो खसेपछि भग्नावशेषबाट १९ जना बाँचेकाहरूलाई निकाल्न सफल भएका थिए । यो महिना भारी वर्षाले भारतको उत्तरपूर्वी राज्यहरू र छिमेकी बंगलादेशमा गरी १ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार