सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोपनहेगनको सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको ज्यान गयो

कोपनहेगनको सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको ज्यान गयो

साझा पोष्ट
आइतबार, असार १९ २०७९
  • images
    कोपनहेगनको सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको ज्यान गयो
    images
    एजेन्सी । डेनमार्कको राजधानी कोपनहेगनको एक सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको ज्यान गएको छ । बन्दुकधारीले गरेको गोली प्रहारबाट अरु तीन जना गम्भीर घाइते भएका छन् । बन्धुकधारीले दक्षिण कोपनहेगनको सबैभन्दा ठूलो फिल्ड्स मलभित्र आइतबार गोली प्रहार गरेका हुन् । गोली आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र अन्य दुई जना युवा रहेका छन् । आक्रमणमा संलग्न २२ वर्षीय एक जना युवकलाई नियन्त्रणमा लिइएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमण गर्नुको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी पनि प्रहरीले दिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार