सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पार्टी फुटाउन सदा उत्प्रेरक उपेन्द्र यादव

पार्टी फुटाउन सदा उत्प्रेरक उपेन्द्र यादव

साझा पोष्ट
सोमबार, असार २० २०७९
  • images
    पार्टी फुटाउन सदा उत्प्रेरक उपेन्द्र यादव
    images
    माधव नेपालको पार्टी पछि उपेन्द्र यादवको जसपाले केही मंत्रीलाई बदलेको छ। हटाईएका र नयाँ पठाईएका दुवै पुरानै हुन्। जनतामा देखिईने अनुहारको आधारमा र पार्टीको आन्तरिक जीवनको निर्वाहमा-दुवै रूपमा। मंत्री बन्नका लागि महिन्द्र यादव यसअघि महन्थ जीहरूलाई धोका दिएर उपेन्द्रसँग लागे। अब डा. बाबुराम भट्टराईसँग लागेर अन्त कतै जालान्। रेणु यादवको नेतृत्वमा पर्साका प्रदीप यादव, बाँकेका इस्तियाक राईहरू सात जना एमाले प्रवेश गर्न पाईला सारेका थिए। महन्थ-राजेन्द्र जीहरूले मध्य रातमा बेरित पूर्वक पार्टी एकिकरण गरेर जसपा बनाए। रेणुहरूको यस व्यवहारबाट चिढिएका उपेन्द्रले रेणुलाई मंत्री बनाए, प्रदीपलाई कारवाही समेत गरेर र इस्तियाकलाई लामै समयसम्म छेउकिनारमा राखे। यिनीहरूका अतिरिक्त केही अरूहरू हाल डा. बाबुरामसँग मिलेर अन्यत्र लाग्ने निश्चित भएपछि ठूलो संख्यामा हुनसक्ने जसपाको विभाजनलाई रोक्न उपेन्द्रले अहिलेकाे कदम चालेका हुन्।रेणु र प्रदीप मध्ये कुनै एक मंत्री रहेमा शायद अर्काले पार्टी छोडदैनन्। पार्टी छोडनका लागि दुवै मंत्रीबाट बाहिर हुनुपर्छ। थप मृगेन्द्रसिंह यादव पनि मंत्री भएको हुनाले पार्टी छोडेर जाने ठिनेमिनेहरू त्यहीँ थन्किने छन्।   अशोक राईको उपेन्द्रसँग रहिरहने कुनै ठोस कारण छैन। पार्टी छोडनका लागि दशौं पटक डा. भट्टराईसँग गलबहिया गरेका अशोक अहिले उपेन्द्रसँग रहनुले कुनै सार्थक संकेत दिदैन। उपेन्द्रले राजेन्द्र श्रेष्ठलाई मंत्री बनाई रहने भनेर एउटै बिरादरीमा अशोकलाई एक्ल्याउन सफल भए। पार्टी परित्यागमा राजेन्द्रले अशोकलाई साथ नदिए एक्लो अशोक बडो अपमानित भएर कतै जानु पर्थ्यो। रकम चेम्जोंगहरू १/२ जना अशोकसंगै लागेर कतै गएपनि अशोकको कुनै हैसियत हुनेछैन। यसैले अशोक जतिनै अपमानित हुनु परेपनि तेही छुट्याई दिएको मानो थाप्नुको विकल्प छैन।   डा. बाबुराम यसैक्रममा केही भ्यागुताहरूलाई पर्खी बसेका छन्। हुनसक्छ २/४ वटा उनको हात पर्नेछ। मेरो विचारमा आफ्नो पार्टीलाई फुटाउनका लागि सदा स्वयं उत्प्रेरक रहेका उपेन्द्र यादव अहिलेको काम गरेर केही कालको लागि ठूलो संख्याको विभाजनलाई जोगाएका मात्र हुन्।   बाबुरामजीको तरफबाट त विभाजन भै नै सकेको छ, यसमा बढी संख्याको मानिसहरू न जाऊन यसमा केही समयका लागि उपेन्द्र सफल भएका छन्। यद्यपी उपेन्द्रको अवस्था त कस्तो हुन गयो भने रेणु-इस्तियाक र प्रदीपहरूले दिएको पानी पनि जाँचबुझ गरेर मात्र पिउने होला-केही घातक तरल पदार्थ मिसाई दिएछन् कि भनेर। मधेस केन्द्रीत सब भन्दा ठूलो, संगठित, जातीय आधार भएको पार्टीको अवस्था छ यस्तो ! मधेसबासी हुँ, कसै-कसैले सोधेपनि, मैले यी सब कुराहरूलाई कसरी हेर्दछु भनेर यति मात्रका लागि यो लेखेको हुँ। -लेखक पूर्वमन्त्री हुन र उनी मधेशीजनअधिकार फोरम हुँदा उपेन्द्र यादवसँगै थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार